दंगीशरण ४ मा दालमोट बनाउने तालीम शुरु

दिप्तीशिखा चौधरी,

दंगीशरण, ८  चैत ।
दंगीशरण गाउँपालिका वडा न. ४ मा दालमोट बनाउँने तालीम आज देखि शुरु भएको छ । दंगीशरण गाउँपालिका वडा न. ४ को आयोजनामा ७ दिने महिलाहरुका लागि दालमोट बनाउँने तालीमको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । वडा अध्यक्ष नेप बहादुर कवरले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।


उद्घाटन कार्यक्रममा अध्यक्ष कवरले महिलाहरुलाई ब्यवसायीक बनाउँने उद्धेश्यले उनीहरुको माग बमोजिम कार्यक्रम आयोजना गरिएको बताउनुभयो । महिलाहरु सिप सिकेपछि घरमै बसेर ब्यवसाय गर्न सक्ने भएकाले यस प्रकारको तालीम संचालन गरिएको भन्दै महिलाहरु उधम तीरको बाटो रोज्नुपर्ने बताउँनुभयो । २१ जना महिलाहरुको सहभागिता रहेको तालीमको प्रशिक्षकमा विष्णु थापा रहनुभएको छ । तालीम उद्धघाटन कार्यक्रममा कार्यपालीका सदस्य सुभद्रि थरुनी, विमला नेपाली, कृष्णलाल चौधरी, देवराज रेउले लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको शहजीकरण वडा सचिव प्रमोद गिरीले गर्नुभएको थियो ।