दंगीशरण गाउँपालिकाको अन्तीम गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न

दिप्तीशिखा चौधरी


दंगीशरण,१८ चैत्र ।
दंगीशरण गाउँपालिकाको अन्तीम गाउँसभा तथा आर्थीक वर्ष २०७८÷२०७९ को हिउँदे अधिवेशन आज दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । कोभिडका कारण हुन नसकेको हिउँदे अधिवेशन तथा गाउँसभा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अनुपस्थितीमा गाउँपालिकाका उपाध्यक्ष तथा आजका सभाका कार्यवाहक अध्यक्ष पिमा कुमारी वली खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभामा उपाध्यक्ष खड्काले प्रश्तुत गरिएको आर्थीक वर्ष २०७८÷०७९ को संसोधित बजेट तथा कार्यक्रममा यस चालु आर्थीक बर्षमा आन्तरीक राजश्व तर्फ ८८ लाख लक्ष्य राखिएकोमा चालु आर्थीक वर्षको फागुन मसान्त सम्म कुल ८३ लाख राजश्व संकलन भएका उल्लेख छ ।
यस्तै कृर्षि तर्फ कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको विउँ वितरण, च्याउँ वितरण, मौसमि तथा वेमौसमि तरकारी विउ वितरण, आकष्मिक वाली संरक्षण सेवाका लागि विषदि वितरण कार्यक्रम,आलुको विउ वितरण, कम्वाईल मिल, मिनीटेलर वितरण कार्य सम्पन्न भएका छन् भने ५० प्रतिशत अनुदानमा किसानहरुलाई कृषि यन्त्र वितरण गरिएको छ ।
पशु सेवा तर्फ नश्ल सुधारका लागि कृत्रीम गर्भाधान कार्यक्रम शुरु गरिनुका साथै पालीका तथा वडा स्तरमा कृषक समुह गठन गरि बंगुरका पाठा, राँगो, वाख्रा वितरण गरिएको छ ।
यस्तै गाउँपालिकामा भूमि सम्बन्धि समस्या समाधानका लागि भूमिहिन दलीत १ सय ५७, भूमिहिन सुकुम्बासी १ सय ९२ र अब्यवस्थित बसोबासीको ३ हजार ३ सय ९४ गरि जम्मा ३ हजार ७ सय ५५ जनाको लगत कार्य सम्पन्न् भएको छ भने नापजाँचको काम बाँकि रहेको छ ।
शिक्षा तर्फ सामुदायीक विकासका लागि व्यवस्थीत संरचना र उपलब्ध जनशक्तिको यथोचित व्यवस्थापन र अपुग जनशक्तीका लागि स्रोतको आवश्यक्ता अनुरुप विगत ५ वर्षमा ६८ वटा नँया कक्षा कोठा, २ वटा कोठाको प्रवलीकरण, सबै विधालयमा आईसिटी ल्याव, पुस्तकालय र प्रयोगशालाको स्थापना, सिद्धपृथ्वी जनता मा.वि.श्रीगाउँमा बालीविज्ञान विषयको प्राविधिक धारतर्फको पठनपाठन संचालन हुनुका साथै विरेन्द्र मा.वि हेकुली नमूना विधालयको रुपमा विकास हुने क्रममा छ ।
कोभिड १९ को संक्रमणलाई रोक्न गाउँपालिकाका ९० प्रतिशत नागरीकहरुलाई पहिलो डोज र ८५ प्रतिशत नागरिकहरुलाई कोभिड विरुद्धको दोस्रो खोप लगाईएको छ । हात्तीपाईलेविरुद्धको आम औषधि सेवन कार्यक्रम, सबै स्वास्थ्य सस्.थाहरुमा औषधिको व्यवस्था भएको ७ वटै वडामा आफनै भवनबाट स्वास्थय सेवा प्रदान, तीन वटा वडाका स्वास्थ्य सस्ंथाबाट एम्वुलेन्स सेवा, श्रीगाउँ, गोल्टाकुरी, हेकुली स्वास्थय चौकि बाट ल्याव सेवा, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र बाट २४ सै घण्टा अत्यावश्यक सेवा एक्सरे, भिडियो एक्सरे, अटो एनालाईजर मेशिन उपकरणको ब्यवस्था, जटिल रोग लागेका बिरामीहरुलाई नेपाल सरकार बाट उपलब्ध हुने रु. १ ला सम्मको छुट सुविधा लिन विपन्न नागरी सिफरीस गरीएको छ भने पालिकामा आरोग्य केन्द्र स्थापना भई सेवा सुरु प्राथमिक स्वास्थय केन्द्र वागरमा १५ सैयाको अस्पताल निर्माणको कार्य भइृरहेको छ ।
यस्तै प्रशतुत संसोधित बजेट तथा कार्यक्रममा महिलाहरुको क्षमता विकासका लागि सिपमुलक सिलाई कटाई तालीम संचालन, लैंगीक हिंसा न्यूनिकरण, घरेलु हिंसा नियनत्रण, बाल बिबाह न्यूनीकरण जस्ता कार्यक्रम तथा तालीम संचालन गरिएका छन् । यसले गर्दा घरेलु हिंसा तथा बाल बिबाहमा कमी आएको छ भने जेष्ठ नागरीक, अपांग,दलीतहरुका बालबालीकाहरुलाई समयमै सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै लक्षीत वर्गलाई सामाजिक सुरक्षा प्रदान भएको छ । हाल सम्म जेष्ठ नागरकहपरिचय पत्र ५ सय ३० जनालाई वितरण गरिएको छ । क बर्गाको ६ ख बर्गको ५३, ग बर्गको २० र घ बर्गको १० लाभग्राहिलाई परिचय पत्र वितरण गरिएको छ । लैंगीक समावेशी कार्यक्रम अन्र्तगत सरोकारवाला १ हजार ५ सय ७८ जनालाई क्षमता विकास तालीम प्रदान गरिएको छ ।
यसैगरी लैंगीक समानता तथा समावेशीकरण निति २०७७, अपांगता परिचय पत्र वितरण कार्यविधि २०७५ र जेष्ठ नागरीक परिचय पत्र वितरण कार्यविधि २०७६ पारित भएका छन् ।
गत वर्ष खरको छाना विस्थापन कार्यक्रम अन्र्तगत ७ वटै वडामा खरको छाना भएका घरपरिवारलाई जस्तापाता वितरण, सुरक्षीत आवास कार्यक्रम अन्र्तगत २ सय ९ घरपरिवारमध्ये हालसम्म ३९ परिवार दुई वटै किस्ता रकम दिईएको छ भने १ सय ५ घरपरिवारलाई प्रथम किस्ता रकम वितरण गरिएको छ ।
गाउँपालिकाको नयायीक समितीमा यस आर्थीक वर्षमा १८ वटा मुद्धा दर्ता भएकोमा ५ वटा मुद्धाको फर्छयौट भएको छ भने १ वटा मुद्धा खारेज छ भने १२ वटा मुद्धा बिचाराधिन छन् ।
प्रश्तुत कार्यक्रममा गाउँपालिकाको केनद्र सम्म कालोपत्रे गर्ने कार्य गरिएको छ । गौरवको योजना मध्ये २ र ६ न. वडाको खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएका छन् । वडा न. ४ को माया खोलामा कजवेय निर्माण, थारु कल्चर भिलेज, सित भण्डार निर्माण कार्य सम्पन्न हुने चरणमा रहेका छन् । पालीका बाट विनीयोजन भएका योजनाहरुबाट सडक तथा कल्भर्ट निर्माण,सिचाई कुलो निर्माण, बाधँ तथा तटबन्ध निर्माण र सामुदायीक भवन निर्माणका कार्यहरु भइृरहेका छन् ।
संघिय सरकार , प्रदेश सरकार र गाउँपालिकाबाट खाल सम्म २५ किलो मिटर पक्की सडक, ४० किलो मिटर ग्राभेल सडक, ७५ किलो मिटर पक्की कुलो, ४ वटा मोटेरवल पुल र ६ वटा झोलुंगे पुल निर्माण भएका छन् ।
ीवपद पस्र्व तयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण गरिएको छ । आपतकालीन कार्य संचालन केन्द्रको स्थापना गरि आवशयक खोज तथा उद्धार सामग्रीको ब्यवस्था गरिएको छ ।
म्नशुन जन्य विपद् प्रभावित निजी आवास पुन निर्माण तथा पुनस्थापना अनुदान कार्यविधि २०७७ र आगलागी जन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि २०७८ वमोजिम अनुदान प्राप्त गर्न लाभग्राहि कायम गरि पाउँन सर्वसाधारणको जानकारीका लागि सबै वडा कार्यालयहरु बट सुचना सावैजनीक गरि लगत संकलनको कार्य सुरुवात गरिएको छ । ७ वटै वडामा २५ प्रकारका उद्धार सामग्रीहरु ब्यवस्थ ागर्ने कार्यको थालनी गरिएको छ ।
प्रश्तुत संसोधित बजेट तथा कार्यक्रममा आर्थीक वर्ष २०७१÷०७२ को बाढि पिडितहरुलाई गत आर्थीक वर्षमा नेपाल सरकार बाट प्राप्त राहत रकम वितरण भएको र यस आर्थीक वर्षमा पनि रकम प्राप्त भएकाले वितरण गर्ने लक्ष्य रहेको साथै गाउँपालिकाको राहत सामग्री वितरण कार्य विधिको मस्योदा तयार गरिएको छ ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको छ । वडा न. ४, ५ र ७ को नया वडा भवन निर्माण कार्य सम्पन्न भइसकेको छ भने १ र २ न. वडा निर्माणाधिन अवस्थामा रहेको छ । सबै वडा कार्यलयहरुमा इृनटरनेट जडान हुनुका साथै ब्यक्तिगत घटना दर्ता अनलाइृन माध्यम बाट शुरु हुनुका साथै आगामि बैशाख महिनाबाट राजश्व संकलन कार्य अनलाइृन माध्यम बाट शुरु गरिने छ । सभामा गाउँसभा सचिव तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्का, गाउँपालिका प्रवक्ता तथा वडा न. ७ का वडा अध्यक्ष विर बहनदुर वली, वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरी, २ न. वडा अधयक्ष तुलसीराम देवकोटा, ३ न. का.वा.वडा अध्यक्ष छोटिराम चौधरी, ४ न. वडा अध्यक्ष नेप बहादुर कवँर, ५ न. वडा अध्यक्ष दिपक गौतम, ६ न. वडा अध्यक्ष टंक बहादु वली कार्यपालीका सदस्य, वडा सदस्य तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।