गोल्टाकुरीमा एक दिने पशु स्वास्थ्य शिवीर सम्पन्न

दंगीशरण, ३० कार्तिक ।
भेटिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको प्राविधिक सहयोगमा एक दिने पशु स्वास्थ्य शिवीर वडा नं. १ को गोल्टाकुरीमा सम्पन्न भएकोछ ।

पशु सेवा बिज्ञकेन्द्र दाङका प्रमुख प्रतिमा बिष्टको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

पशु स्वास्थ्य बिज्ञकेन्द्र दाङको स्विकृत बार्षिक कार्यक्रम अनुसार दंगीशरण गाउँपालिकाको १ र २ लाई मध्यनजरगरी साविक गोल्टाकुरी गविसको भवनमा शिविर सम्पन्न गरीएको पशुसाखा दंगीशरणका प्रमुख हितराम चौधरीले बताए ।


शिविर उद्घाटन गर्नुहुदै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिका वडा नं. १ र २ पशुपालनको राम्रो संभावना रहेकाले गाउँपालिकाबाट पनि १ र २ लाइ पशु पकेटको रुपम प्राथमिकतामा राखेको उल्लेख गरे ।कृषि र पशु साखा हेकुलिसम्म पुग्न किसानलाइ असहज भयो भन्ने गुणासो आउनथालेपछी आफुहरुले कृषिसाखा र पशुसाखालाइ वडा नं. २ र १ को बिच ठाँउबाट सेवादिनेगरी कार्यपालिकाको बैठकबाट समेत पारीत गरीसकेको बताए।

यस्तै वडा नं. २ का वडा अध्यक्ष डम्बर खत्रीले खेती किसान र पशुपालनमा निर्भर रहेको ठाउँमा शिविर आयोजना गरेकोमा खुसि ब्यक्तगरे वडा नं. १ र २ मा भौगोलिक बिकटता रहेकाले पशु साखा हेकुलि जान टाढा रहेका किसानका लागि कृषि र पशुसाखाका कर्मचारीलाइ साविक वडा नं. २ बाटै सेवादिने गरी अगाडी बढ्ने सोच रहेको उल्लेखगरे ।

एकदिने शिविरमा विहिवार मात्रै गाइगोरु ६८३, बङ्गर २२५,कुखुरा ६८९, खोप कुखुरा ६८१ पिपि .आर.४९० र रेविज ८ वटा सहितको उपचार तथा औषधि वितरण गरीएको पशुसाखा प्रमुख हितराम चौधरीले बताए ।