तुलसीपुर, ३ चैत ।
तुलसीपुर नगर जेसिजले रक्तदान गरेको छ । ‘मानबताको सेवा जीबनको सर्बोतम कार्य’ भएको भन्दै समस्या परेको ठाउँमा आफूले समाधान खोजि हाल्ने जेसिज तुलसीपुरका अध्यक्ष केशवराज केसीले बताए । उनका अनुसार जहाँ समस्या छ, त्यहाँ जेसिजका युवाहरु हाँजिर हुने बताए । जतिबेला रगत आबश्यक हुन्छ, त्यतिबेला आफूहरु रगत दिन तयार रहेको उनको भनाई छ । सोही अनुसार विहीबार रक्तसञ्चार केन्द्र तुलसीपुरमा रक्तदान गरिएको हो ।
अध्यक्ष केसीको अध्यक्षता तथा मेट्रो अस्पतालका मेसु प्रकाश शाहुको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा जेसिज तुलसीपुरका पूर्वध्यक्ष दिपेस भण्डारी, मोहन सुनार,बेद प्रसाद भट्टराईले सामाजिक सेवामा सक्रिय हुँदै आएको भन्दै प्रशंसा गरे । वसन्त भण्डारीले आस्था पठाएको कार्यक्रमाम उपाध्यक्ष कान्तुरान खनालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण सहसचिव सुरज भण्डारीले गरेका थिए । त्यस अवसरमा ३२ जना भन्दा बढीले रक्तदान गरेको प्रबक्ता छविकुमार वलीले जानकारी ीदए । त्यस अवसरमा दामोदर न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।
लाइभदाङ । ३ चैत्र २०७८, बिहीबार १८:३९ बजे