कुलपानीमा मुर्ति हस्तान्तरण, एक वन एक उद्यम बनाउनु पर्ने माग

तिर्थराज ज्ञवाली
फागुन २५, कुलपानी ।
सामुदायिक बन समुहले उपभोक्ताको विकास र प्रगतिको लागि एक वन समुह एक उद्यमको अवधारणलाई बढाउनु आवश्यक रहेको वन महासंघका केन्द्रिय उपाध्यक्ष भिम प्रकाश खड्काले बताउनु भएको छ ।
वनको संरक्षणका साथ गरिव तथा विपन्न वर्गलाई लक्षित गरि आम उपभोक्ताको जिवनस्तर बृद्धि गरि वनमा पर्ने चाप घटाउनका लागि एक वन एक उद्यम बनाउनु पर्ने उपाध्यक्ष भिम प्रकाश खड्काले बताउनु भएको छ ।
बुधवार कुलपानी हरित पार्कमा समाजसेवि भद्रसिंह बुढामगर र श्रीमति ननसरा बुढामगरले निर्माण गरेको पानी फोहरा, जरायो, प्रतिक्षालय र शौचालयको उद्घाटन कार्यक्रममा उपाध्यक्ष भिम प्रकाश खड्काले देशको सबैभन्दा सफल अभियान सामुदायिक वन समुह भएर पनी राज्यले वनका नियमितकाम गर्न केहि रोकावट गरिरहेको बताउनु भएको छ ।
आन्तरिक तथा वाह्य पर्यटकीय स्थलको रुपमा परिचित कुलपानी हरितपार्कमा समाजसेवि भद्रसिंह बुढामगर र श्रीमति ननसरा बुढामगरले करिव १२ लाख २० हजार बरावरको लगानिमा हरितपार्कको सुन्दरता ल्याउन पानी फोहरा, जरायो, प्रतिक्षालय र शौचालयको निर्माण गरिदिनु भएको हो ।
कुलपानी वन समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षता, वन महासंघका केन्द्रिय उपाध्यक्ष भिम प्रकाश खड्काको प्रमुख आथित्यता, संविधानसभा सदस्य रेश्मी राज नेपालकिो विशिष्ट आथित्यतामा भएको कार्यक्रममा समाजसेवि भद्रसिंह बुढामगर र श्रीमति ननसरा बुढामगरका परिवारजनले वन समुहका अध्यक्ष लाई संरचना हस्तान्तरण गर्नु भएको हो ।