
दाङ,०७ असोज ।
दाङ जिल्ला उधोग वाणिज्य संघ घोराही को असोज ११ गते हुने निर्वाचन तोकेकै समयमा गर्ने निर्णय भएको छ ।
संघका सल्लाहकार समिति सयोजक नारायण प्रसाद भुसालको अध्यक्षतामा बसेको पुर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष , उम्मेदवारहरु सहितको २०८३ असोज ७ गते सघको सचिवालयमा बसेको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको निर्वाचन सयोजक मणिराज आचार्यले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले नियमानुसार गर्नु भनेको थियो । सोहि अनुसार निर्वाचन अघि बढेको निर्वाचन समितिले जानकारी दिएको छ ।



लाइभदाङ । ७ आश्विन २०८३, बुधबार २१:२५ बजे