अप्टिमिष्ट डिस्ट्रिक्टमा दाङकी गिरी द्धितिय बनिन्

तुलसीपुर,२९ वैशाख । नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्टको आयोजनामा भएको वल्र्ड च्याम्पिएनसिप छनौट बक्तृत्वकला प्रतियोगितामा दाङकी प्रिन्सा गिरी द्धितिय बनेकी छिन् । उनी तुलसीपुर ६ स्थित ग्रेट अरनीको माविमा अध्ययनर विद्यार्थी हुन् ।

प्रत्येक जिल्लाका अप्टिमिष्टबाट छनोट भएका प्रतियोगी मध्येबाट डिस्ट्रिक्टमा प्रथम हुनेलाई अप्टिमिष्ट इन्टरनेश्नलद्वारा आयोजित वल्र्ड च्याम्पिएनसिपमा भाग लिन पठाईन्छ ।


दाङबाट प्रतिनिधित्व गर्दै द्धितिय स्थान हाँसिल गर्नु दाङकालागि खुसीको कुरा भएको अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष मानबहादुर बस्नेतले बताए । गिरी अप्टिमिष्ट क्लब अफ तुलसीपुरबाट प्रथम स्थान हाँसिल गरेर डिस्ट्रिक्ट स्तरीय प्रतियोगितामा सहभागि भएकी थिइन् ।