दंगीशरण ६ को श्रीगाउँमा प्रथम श्रीगाउँ कप फुटबल प्रतियोगिता आजदेखि शुरु

दंगीशरण, ३ मंसिर ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल उदेश्यका साथ श्रीगाउँ फुटबल क्लब दंगीशरण ६ को आयोजनामा प्रथम श्रीगाउँ कप फुटबल प्रतियोगिता २०८२ बुधबारदेखि श्रीगाउँ खेल मैदानमा शुरुभएकोछ ।

बुधबार एक औपचारिक कार्यक्रमकाबिच क्लबका अध्यक्ष सिजन शर्माको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो ।


प्रतियोगीताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गिरीले कुनैपनि देश विकासका लागि त्यस देशका युवाहरु स्वस्थ हुनुपर्ने बताए । स्वस्थताका लागि खेलकुदको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि आफू निर्वाचित भएदेखि अध्यक्षकप खेलकुद प्रतियोगिता लगायत युवा मैत्री कार्यक्रमहरु अगाडि बढेको बताए ।

प्रतियोगितामा ८ वटा टिम सहभागी भएको र प्रतियोगीता सनिवार समापन हुनेछ खेल सयोजक एमिसन चौधरीले बताए । प्रतियोगितामा प्रथम हुने टिमले ४०, हजार ४ सय ४४, दितिय हुनेले २०, हजार २ सय २२ बेस्ट प्लेर २ हजार ५ सय र ट्रफी , टप स्कोरर १ हजार ५ सय र टर्फी बेस्ट गोल किपर एक १ हजार ५ सय र ट्रफी प्रदान गरीने आयोजकले बताएको छ । प्रतियोगिताको मुख्य रेफ्रीमा एन्फा रेफ्री खुम बहादुर वली, मदन गौतम ,शुरेश बुढामगर रहेका छन् ।