‘सुशासन सिंहदरबारभित्र छैन’: दंगीशरणका पूर्व हाकिम कर्ण नेपाली

दाङ, ५ भदौ ।
दाङको दंगीशरण गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले संघीय सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र सुशासन नभएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक आक्रोशपूर्ण पोस्ट राख्दै अधिकृत नेपालीले सिंहदरबारभित्रका मन्त्रालयहरूमा सुशासनको सामान्य अनुभूति समेत गर्न नसकिएको र एउटा सामान्य कामका लागि चार दिनसम्म कुर्नुपरेको पीडा सार्वजनिक गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ?
सुशासन सिंहदरबार भित्र छैन, नेपाल सरकारका कुनै पनि मन्त्रालयमा सुशासनको अनुभूत गर्न सकिएन। सामान्य कामका लागि एउटा मन्त्रालयमा ४ दिन कुर्नु पर्यो भने केलाई भन्ने हो सुशासन बालेन सरकाररु सुशासन दिन सकिन्न भने नारा मात्र किन ?


उनी आफैँ नेपाल सरकारको एक जिम्मेवार अधिकृत स्तरका राष्ट्रसेवक भइसकेका ब्यक्ति हुन् । उनले भर्खरै मात्रै कर्मचारीबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृति भएको पत्र विहीबार आएको छ ।