अप्टिमिष्टको स्थापना दिवसमा तुलसीपुरमा दिपप्रज्वलन

दाङ, २२ माघ ।
अप्टिमिष्ट इन्टरनेश्नलको स्थापना दिवसको अवसरमा अप्टिमिष्ट क्लब अफ तुलसीपुरले दिपप्रज्ज्वलन गरेको छ । विहीबार तुलसीपुरको गुम्राहचोकमा दिप प्रज्ववलन गरिएको हो । सन १९१९ मा स्थापना भएको उक्त क्लबको स्थापना दिवस अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नोबेल डीसीको अध्यक्षता तथा तुलसीपुर नगर जेसिजका अध्यक्ष कमल प्रकाश शर्माको प्रमुख आतिथ्यमा भएको  हो ।


त्यस अवसरमा शर्माले अप्टिमिष्टले सामाजिक क्षेत्रमा उल्लेख रुपमा काम गरेको संस्था रहेको बताए । उनले तुलसीपुरमा पनि छोटो समयमा राम्रै उपलब्धी हाँसिल गरेको उनले बताए । त्यस्तै क्लब तुलसीपुर संस्थापक तथा लेफ्टिनेन्ट गर्भनर मानबहादुर बस्नेतले क्लबले बिश्वब्यापी रुपमै वालवालिकाको क्षेत्रमा, आशावादी बनाउन सचेतना प्रदान गर्ने जस्ता कार्यक्रम गर्दै आएको बताए । क्लबका निवर्तमान अध्यक्ष एकराज भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब दीपक बोहराले गरेका थिए ।