तुलसीपुर
२३ माघ / तुलसीपुर नगर जेसिजले मानव सेवा आश्रममा बलाङ्केट सहयोग गरेको छ । तुलसीपुर–६, गाईडहर स्थित आश्रममा ५२ थान बलाङ्केट सहयोग गरिएको अध्यक्ष केशवराज केसीले बताए । उनका अनुसार १ थान तातो चिसो पानीको लागि वाटर डिस्पेन्सर समेत प्रदान गरिएको हो ।
चिसो अबस्थामा पनि त्यहाँ आश्रितहरुलाई कुनै समस्या नहोस्, भनि बलाङ्केट वितरण गरिउको हो ।
शैक्षिक ब्यक्ती दुर्गा केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल जेसिजका रास्ट्रिय उपाध्यक्ष नेत्रलाल भट्टराई, पूर्वध्यक्ष दिपेस भण्डारी, मोहन सुनार, शिक्षक बिष्णु भण्डारी, बामदेब सापकोटाले यो कार्य स्रहानिय भएको बताएका थिए । सामाजिक संघसंस्थाहरुले यस्ता कामलाई निरन्तरता दिनुपर्ने समेत बताएका थिए ।
त्यस अवसरमा आस्था पाठ सञ्जय न्यौपानेले गराएका थिए । समाजसेबी केशव सापकोटाले तुलसीपुर जेसिजमा स्थापना गरेको अक्षकोषबाट आएको ब्याज र दुर्घटनाबाट मृत्यु भएका आशिष बस्नेतका बुवा आमा तथा गोरखा स्कुल तुलसीपुरमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको सहयोगमा उक्त सामग्री सहयोग गरिएको प्रबक्ता छविकुमार वलीले बताए ।
कार्यक्रमको सहजीकरण महासचिव पुर्ण बहादुर डाँगीले गरेका थिए, भने धन्यवाद ज्ञापन तुफान सापकोटाले गरेका थिए ।
लाइभदाङ । २६ माघ २०७८, बुधबार १६:३१ बजे