
तुलसीपुर, २ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ भोजपुरका ४ युवामाथि मरनासन्न हुने गरि कुटपिट भएको छ ।
तुलसीपुर १४ मेटेराका १८/ २० जनाको युवाहरुको टोलीले भोजपुरका २४ बर्षीय सर्वन वली, २१ प्रताप केसी, २२ प्रकाश वली र पवन वली माथि कुटपिट गरेको स्थानीयले बताएका छन् ।
तुलसीपुर १४ को भोजपुर स्कुल नजिकै युवाहरुले कुटपिट गरेका हुन । गाउँका अन्य युवाहरुसंग विवाद भएको अबस्थामा त्यही रिस फेर्न युवाहरुले खौसापुरबाट भोजपुर तर्फ मोटरसाईकलमा आउन लागेका युवाहरुलाई कुटपि गरेको स्थानीयले बताएका छन् । रटप्रहारबा युवाहरुको टाउको, जिब्रो, दाँतमा गम्भीर चोट लागेको छ ।
उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भएको हो । “भोजपुरका युवाहरुसंग सामान्य भनसुन भएको रहेछ”, स्थानीयले भने“त्यसको रिस फेर्नकालागि अरु निर्दोश युवालाई कुटपिट भएको रहेछ ।”
घटना शनिबार साँझ पौन ५ बजेतिरको हो ।



लाइभदाङ । ४ माघ २०८२, शनिबार २२:५४ बजे