लुम्बिनीमा मुख्यमन्त्री गिरीले ११ वैशाखमा विश्वासको मत लिने

दीपक बोहरा
दाङ,४ वैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्र लगायतका दलले सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार टीका बस्नेतले बताए ।

लुम्बिनीमा काँग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाई सकेका छन् । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।


८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । प्रदेशसभाको बैठक ११ गते विहान ११ बजे आयोजना गरिएको प्रदेशसभा सचिब दुर्लभ कुमार पुनले बताए ।