इनार सफा गर्ने क्रममा फसेका थारुको उद्दार

तुलसीपुर, १४ असार । दाङको तुलसीपुरमा इनारमा फसेका एक ब्यक्तीको उद्दार गरिएको छ ।

ईनार सफा गर्ने क्रममा शुक्रबार दिउसो साढे १ बजेतिर तुलसीपुर १७ बनकट्टा स्थित छबिलाल वलीको घरमा फसेका तुलसीपुर १५ निवासी प्याउला थारुको उद्दार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

उनका अनुसार थारु करिब ३५ हात गहिरो इनारमा फसेका थिए ।


उनलाई इप्रका तुलसीपुरको १४ जनाको बिपत व्यबस्थापनको टोलीले उद्दार साढे २ बजेतिर उद्दार गरेको हो ।