
लक्ष्मण बस्नेत
तुलसिपुर, २४ कार्तिक ।
दोस्रो गोरखा कप ईन्टर स्कुल छात्र/छात्रा फुटबल प्रतियोगिता २०८२ को उपाधी छात्रा तर्फ गोरखा तुलसीपुर र छात्र तर्फ गोरखा घोराहीले जितेको छ । गोरखा ग्रुप प्रा.लीको आयोजना तथा गोरखा सेकेन्डरी स्कुल तुलसिपुरको व्यवस्थापनमा संचालित प्रतियोगिताको छात्रा तर्फ आईतबार सम्पन्न फाईनल खेलमा गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराहीलाई २–० गोलले पराजित गर्दै गोरखा सेकेन्डरी स्कुल तुलसिपुरले उपाधी जितेको हो ।
उपाधी संगै उसले दोस्रो गोरखा कप उचालेको छ । फाईनलमा पराजित गोरखा घोराही उपबिजेतामा सिमित रहदै कप मेडल, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै छात्र तर्फको सम्पन्न फाईनल खेलमा गोरखा मोडल स्कुल लमहीलाई २-१ गोलले पाखा लगाउदै गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराहीले उपाधी जितेको हो । उपाधी संगै उसले गोरखा कप उचाल्न सफल भयो । उता फाईनलमा सम्मानजनक हार ब्यहोरेको गोरखा लमही उपबिजेतामा सिमित रहदै कप,मेडल मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
प्रतियोगिताको ब्यक्तिगत बिधा छात्रा तर्फ वेष्ट प्लेयर खेलाडी गोरखा गोराहिका मोनिका बुढा, वेष्ट गोल किप्पर गोरखा तुलसिपुरका अनिशा थापा र हाई स्कोरर गोरखा तुलसिपुरकै गरिमा केसि भए । त्यस्तै छात्र तर्फ वेष्ट प्लेयर खेलाडी गोरखा लमहिका प्रलाद अधिकारी,वेष्ट गोल किप्पर गोरखा घोराहिका हेमन्त वलि र हाई स्कोरर गोरखा घोराहिका रमेश खत्री भए । उत्कृष्ट सबै लाई ट्रफी प्रदान गरिएको थियो ।
सबल शरिर,अनुशासन र सशक्त बिचार–खेलकुद गोरखा ग्रुपको पहिचान र आधार भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह गोरखा ग्रुपका अध्यक्ष बिष्णु प्रसाद घर्तीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.६ का अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत र लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालको विशिष्ट आतिथ्यमामा भएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रम्ख अतिथी,बिशिष्ट अतिथी,गोरखा ग्रुपका उपाध्यक्ष बालकृष्ण रोकामगर,एकेडेमीक डाईरेक्टर दुर्गा बहादुर केसी, गोरखा मावि तुलसीपुर संचालक समितिका उपाध्यक्ष डोर बहादुर जिसि,गोरखा मावि घोराहिका प्रीन्सिपल मानसिह रोका, गोरखा सेकेन्डरी स्कुल तुलसीपुरका प्रीन्सिपल बिजयमान जिएम, गोरखा तुलसीपुरका क्याम्पस प्रमुख पुर्ण प्रकाश डाँगी,गोरखा आवासीय तुलसीपुरका प्रीन्सिपल रबिन खड्का लगाएतले बिजेता विद्यालय तथा खेलाडीहरुलाई कप, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रमको संचालन गोरखा मावि तुलसीपुरका शिक्षक सुधान्सु गुप्ताले गर्नु भएको थियो । दुई दिनसम्म संचालन भएको प्रतियोगितामा गोरखा ग्रुपका गोरखा सेकेन्डरी स्कुल तुलसीपुर,गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराही,गोरखा मोडल स्कुल लमही र गोरखा आईडल स्कुल लालमटियाका छात्र तर्फ चार र छात्रा तर्फ तिन टिमको सहभागीता रहेको थियो ।



लाइभदाङ । २५ कार्तिक २०८२, सोमबार २१:०४ बजे