युवा ब्यबसायी केसी काँग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

तुलसीपुर, २७ असोज ।
देउवा निकट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा दाङ तुलसीपुरका युवा ब्यबसायी रामचन्द्र केसीलाई चयन गरिएको छ । सोमबार भएको क्षेत्रीय अधिवेशनबाट केसी महाधिवेशन प्रतिनिधिमा चयन भएका हुुन् । उनी दाङ तुलसीपुरका ब्यबसायी हुन् ।


लामो समय देखि तुलसीपुरमा ब्यबसायमा सक्रिय रहेका छन् । हाल तुलसीपुरको दोघरेमा मिल ब्यबसाय सञ्चालन गर्दै आएका छन् । उनी विगतमा आईएमई व्यबसाय समेत सञ्चालनमा गरेका थिए ।