
तुलसीपुर, ६ भदौ । दाङको तुलसीपुर स्थित राप्ती बबर्ई क्याम्पसको मानविकी विभागले तीजको अवसरमा मन्दिरमा सरसफाई गरेको छ ।
शुक्रबार विद्यार्थी, प्राध्यापक, कर्मचारीलगायतको टोलीले तुलसीपुर ६ स्थित त्रिसिद्देश्वरी कालिका मन्दिरमा सरसफाई गरिएको हो । तिजको अवसरमा सामाजिक कार्य गर्नुपर्ने भन्दै सरसफाई गरिएको हो ।
मानविकी विभागका प्रमुख राजेन्द्र कुमार पाण्डेको अध्यक्षता तथा क्याम्पस प्रमुख गणेश पार्धेको बिशेष उपस्थिति एवं मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष घनश्याम उपाध्यायको सहभागितामा सरसफाई कार्यक्रम गरिएको हो ।
सरसफाई कार्यmक्रममा ५५ जना भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पीआइसी प्रमुख किरण केसीले गरेका थिए ।



लाइभदाङ । ६ भाद्र २०८२, शुक्रबार १९:४२ बजे