
दाङ, १३ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिकाप्रति दैनिक रुपमा प्रहार भइरहेको छ । उपमहानगरपालिकामा दैनिक ८ वटा साँझ र विहान दुई सिफ्टमा फोहर उठाउने गाडी सबै क्षेत्रमा पुग्छन् । तर, पनि शनिबार विहानै अज्ञात रुपमा केहीले उपमहानगरपालिकाको गेटमा फोहर थुपारेका छन् ।
उपमहानगरपालिकाको फोहर ब्यबस्थापन तथा सरसफाई शाखा प्रमुख रेवा रावतका अनुसार शनिबार विहान केहीले उपमहानगरपालिकाको गेटमा फोरह फालेका छन् । उद्यपी बजारका सबै क्षेत्रमा फोहर उठाउने गाडी पुग्छन् ।“फोहर नउठेको भए जानकारी पनि दिनु पथ्र्यो, त्यसो पनि छैन, बजारका सबै ठाउँमा फोहर उठाउने गाडी पनि पुगिरहेका छन्”,उनले भनिन्“तर,ब्यक्तीलाई प्रहार गर्ने, नेतृत्वप्रति प्रहार गर्ने गरि अनाबश्यक बखेडा झिक्ने कार्य हुँदा काम कसरी अगाडी बढ्छ ?”
विहान ५/७ बोरा फोहर फालेको पाईएको उनले बताईन् । यसरी फोहर बजारमा फाल्नु कानुन विपरित भएकाले कानुन बमोजिम अगाडी बढ्ने उनको भनाई छ । फोहर फाल्ने गाडी उपमहानगरपालिकाले पठाउने गरेको भन्दै बरु घरको फोहरलाई गाडी आएको बेलामा दिने वानीको विकास गर्नुपर्ने उनको भनाई छ ।
“गाडी आएको बेला नफाल्ने तर, निहुँ खोज्ने हिसाबले गेटमा फाल्ने कुराले हामी कत्तिको जिम्मेवार छौंं भन्ने कुरा पनि देखाउछ’,उनले भनिन्“भोलि त्यो फोहर पहिचान भयो भने त्यसले दिने सन्देश के होला ?’। यसरी सडक, नाला, कुलाे, खाेला, सार्वजनिक स्थलमा जथाभावी फाेहर फालेमा पटकै पिच्छे पाँच सय रुपैँया जरिवाना लिने ब्यबस्था छ । आर्थिक एेन २०८१ मा त्यस्तो ब्यबस्था भएकाले सोही अनुसार कार्वाही अगाडी बढाउने समेत शाखा प्रमुख रावतले बताइन् ।
उपमहानगरपालिकामा यसरी पटक–पटक प्रहार भइरहेका छन् ।



लाइभदाङ । १३ पुष २०८१, शनिबार २१:१२ बजे