
दाङ, ०५ असोज ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज ११ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार नरेश कार्कीले उम्मेदवारी फिर्ता लिएका छन्। उनले अध्यक्ष पदका अर्का उम्मेदवार नरेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्।
प्रजातान्त्रिक उद्यमी संघमा आवद्व व्यावसायीकाबीच भएको सहमती अनुसार सोमबार कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
कार्कीले उद्योग वाणिज्य संघको नेतृत्वका लागि व्यवसायीबीच विभाजनभन्दा एकता आवश्यक रहेको बताए। पार्टीगत प्यानल बनाएर उम्मेदवारी परेको अवस्थामा व्यवसायीलाई विभाजित हुन नदिई एकढिक्का भएर अघि बढ्ने सहमति अनुसार आफूले उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ।



लाइभदाङ । ५ आश्विन २०८३, सोमबार १६:३० बजे