तुलसीपुर, १२ असोज । अविरल बर्षादले सडक भासिएपछि अबरुद्ध भएको राप्ती लोकमार्ग सूचारु भएको छ ।
शनिबार विहान ८ बजेतिर दाङको तुलसीपुरदेखि सल्यानको कपुरकोट सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीमा भासिएको सडक मर्मत भएपछि अहिले आवतजावत सूचारु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।
उहाँका अनुसार दिनभर सडक मर्मत गरेपछि सञ्चालनमा आएको थियो ।
लाइभदाङ । १२ आश्विन २०८१, शनिबार २१:४९ बजे