पहिरोले तुलसीपुर–कपुरकोट सडक अबरुद्ध

तुलसीपुर,२० भदौ । नियमितको बर्षादले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अबरुद्ध भएको छ ।

विहीबार साँझदेखि परेको नियमितको बर्षादले तुलसीपुर–कपुरकोट सडक अबरुद्ध भएको हो ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार साँझ साढे ७ बजेतिर तुलसीपुर ३ राम्रीमा आएको पहिरोले सडक अबरुद्ध भएको हो । उक्त सडक शुक्रबार विहानमात्रै खुल्ने उहाँले जानकारी दिनुभयो ।

दाङमा विहीबार साँझदेखि बर्षा जारी छ ।