लमहीमा देखियो पाटेबाघ, तर, फोटो अन्तैको

तुलसीपुर, ४ असोज।
दाङको लमहीमा पाटे बाघ देखिएको दाङका एक शिक्षकले बताएका छन् । दाङको गुरुकुल एकाडेमीमा अध्यापन गराउने शिक्षक विवेक शर्माले लमही–घोराही यात्रा गर्नेक्रममा बेलदमारमा पाटेबाघ देखिएको बताए ।

यद्यपी उनले सामाजिक सञ्जालमा बाघ देखिएको भनि प्रकाशन गरेको फोटो भने अन्तैको भएको खुलाएका छन् । उनले फोटो आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेपछिे दाङमा देखिएको बाघ भन्दै प्रचार गरिएको छ ।


यद्यपी त्यो फोटो आज भन्दा ९ बर्ष अघि भारतको रणथम्भोर राष्ट्रिय निकुञ्जको मुख्य सडकस्थित अमरेश्वर मन्दिरको ढोकाबाहिर देखिएको बाघ हो । जुन बाघ देखिएपछि केही बेर सवारी साधन ठप्प भएका थिए ।