काँग्रेस महाधिवेशनः दाङका चार पूर्व सभापति विपक्षमा

दीपक बोहरा
दाङ, ५ असोज ।
नेपाली काँग्रेको १५ महाधिवेशनलाई चार पूर्वसभापतिहरुले बहिस्कार गरेका छन् । बर्तमान सभापति शंकर डाँगी बाहेक त्यो भन्दा अघिका सबै सभापतिहरु महाधिवेशनमा सहभागि भएनन् । निवर्तमान सभापति कृतिबहादुर खड्का, पूर्वसभापति घनश्याम रेग्मी, बिरकेशरी गौतम र गेहेन्द्र गिरी सहभागि भएनन् ।

उनीसंगै राष्ट्रियसभा सदस्य बासुदेव जंगली, राप्ती बबई क्याम्पसका अध्यक्ष श्याम रेग्मी, पूर्व सचिब कुमुदराज शर्मा, गोपलराज शर्मा, बद्रि खड्का, पूर्ण मल्ल, श्याम विकलगायतका नेताहरु विशेष महाधिवेशनसंग असहमति जनाउँदै बहिस्कार गरेको बताएका छन् ।


“हामी नियमित महाधिवेशन चहान्छौं”, नेता श्याम रेग्मीले भने“ विशेष महाधिवेशनको पक्षमा नभएर बहिस्कार गरेका हौं ।” काँग्रेसको वडा अधिवेशनमा शनिबार र आईतबार भएको थियो ।