दीपक गिरी काँग्रेस क्षेत्रिय प्रतिनिधि निर्वाचित

तुलसीपुर, ५ असोज ।
गगन थापा नेतृत्वमा हुन लागेको काँग्रेसको १५ औ महाधिवेशनमा दाङका दीपक गिरी क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन् । निबर्तमान केन्द्रीय सदस्य समेत रहेका गिरी शेखर कोइराला निकट मानिन्थे । उनी कोइराला परिवारसंग नजिक थिए ।


तर, अहिले शेखरको साथ छोड्दै उनी दाङ दंगीशरण गाउँपालिका वडा नं.४ बाट सर्वसम्मत रुपमा क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस अघी भएको विशेष महाधिवेशन भने गिरी सहभागि थिएनन् । यद्यपी उनी दाङ-३ बाट प्रतिनिधसभा सदस्यको टिकेट ल्याएर चुनाबमा होमिएका थिए।