अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सदस्यमा डीसी

तुलसीपुर, ०४ असोज ।
अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नोबेल डि सी ‘अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्ट’को कार्यकारी समिति सदस्य (एग्जिक्युटिभ कमिटी मेम्बर) पदमा निर्वाचित भएका छन् ।

भक्तपुरमा भएकाे केन्द्रीय महाधिवेशनबाट उनी निर्वाचित भएका हुन् ।
​उनी ब्यबसायिक क्षेत्रमा क्रियाशिल छन् ।


​अन्तर्राष्ट्रिय स्तरको यस संस्थामा निर्वाचित भएसँगै क्लब परिवार तथा स्थानीय समुदायमा खुसीयाली छाएको छ।