दाङका बस्नेत अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको डेपुटी गभर्नर

दाङ, ०४ असोज ।
दाङका मानबहादुर बस्नेत अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको डेपुटी गभर्नर पदमा निर्वाचित भएका छन् । भक्तपुरमा भएकाे केन्द्रीय महाधिवेशनबाट उनी निर्वाचित भएका हुन् ।

​शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित बस्नेत विभिन्न सामाजिक संघ-संस्थामा आबद्ध रही निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् ।


दाङमा ‘अप्टिमिस्ट मुभमेन्ट’ मार्फत सकारात्मक सोच, आशावादी जीवन दर्शन र युवाहरूमा सकारात्मक परिवर्तनको भावना प्रवर्द्धन गर्दै आएका बस्नेत अप्टिमिस्ट क्लब अफ तुलसीपुरका संस्थापक अध्यक्ष समेत हुन् ।