प्रतिष्ठानमा फुटेको पित्तथैलिको दुरविन विधिवाट अप्रेसन

दाङ, २० फागुन ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फुटेको पित्तथैलिको जटिल अप्रेसन सफलतापुर्वक सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मिपुर निवासि ५१ वर्षिय महीलाको फुटेको पित्तथैलिको दुरविन विधिवाट सफल अप्रेसन भएको हो ।

५ दिनदेखी पित्तथैलिमा संङक्रमण भएर अस्पतालमा उपचारारत विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए । प्रतिष्ठानका सर्जन डा.अभिषेक पौडेल नेतृत्वमा सर्जन डा.आनन्द न्यौपानेसहीत एनेस्थेसियोलोजिष्ट डा.प्रज्वल भट्टराईसहीतको चिकित्सक, नर्श र स्वास्थ्यकर्मिहरुको टोलिले फुटेको पित्तथैलिको अप्रेसन गरेको उनले बताए ।


उपचारको क्रममा पित्तथैलि फुटेको पत्तालागेपछि अप्रेसन गरेर जोगिएको अप्रेसनमा संलग्न सर्जन चिकित्सक डा.अभिषेक पौडेलले बताए । उनले पित्तथैलि फुटेकै कारण विरामीको ज्यान जान सक्ने अवस्था भएकाले समयमै अप्रेसनपछि विरामिको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको बताए ।