
दीपक बोहरा
दाङ, ४ असोज ।
देउवा निकट मानिने लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली चौधरी काँग्रेसको महाधिवेशनमा सहभागि भएका छन् । काँग्रेसको १५ औँं महाधिवेशन अन्तर्गत गगन थापा नेतृत्वमा शनिबार र आईतबार भएको वडा अधिवेशनबाट उनी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
तुलसीपुर ६ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका उनी देउवासंग निकट मानिन्थे । राजनीतिक रुपमा होस् वा आईएनजिओ सञ्चालनका सन्दर्भमा पनि देउवा परिवारसंग निकट मानिने भएपनि उनले अहिले महाधिवेशन रोजेका छन् ।
त्यस्तै चौधरी मुख्यमन्त्री हुँदा लुम्बनी प्रदेश योजना आयोगको उपाध्यक्ष समेत रहेका डा.नहकुल केसी पनि श्रेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । उनले आफूहरु कुनै ब्यक्तीविशेष भन्दा पनि पार्टी नगर रहेको समेत बताए ।
“हामी रुख र चारतारे झण्डा मुनी छौं”,उनले भने“ पहिले शेरबहादुर देउवा सभापति हुँदा त्यता थियौं, अहिले गगन थापा सभापति हुँदा यता छौं ।” पार्टी भन्दा ब्यक्ती ठूलो नहुँने भन्दै पार्टीको छहारीमुनी आफूहरु रहेको समेत उनको भनाई छ । उनी शुसिल कोइराला प्रधानमन्त्री हुँदा गरीवि निवारण कोषको कार्यकारी निर्देशक समेत भएका थिए ।
यी हुन् तुलसीपुर ६ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचितहरु







लाइभदाङ । ४ आश्विन २०८३, आईतवार २१:३६ बजे