दाङमा दुई यात्रुबहाक बस ठोक्किदा २२ जना घाईते 

दाङ,२१ चैत । दाङमा दुई वटा यात्रुबहाक बस ठोक्किदा २२ जना घाईते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा रा १ ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका–२ का लक्ष्मण थारु र राप्ती गाउँपालिका वडा नम्बर २ लालमटीयाका ७८ वर्षिय चन्द्र कमला थापा रहेका छन् । उनीहरुको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको छ ।


लमही नगरपालिका ३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।  सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भइरहेको छ ।

बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुबहाक बस बुधबार साढे ११ बजेतिर ठोक्किएका थिए । थप विवरण आउन बाँकी छ ।