दाङमा सर्पको टोकाईबाट बालिकाको मृत्यु

तस्वीर : कुलदीप न्यौपाने

तुलसीपुर, २ साउन । दाङमा सर्पको टोकाईबाट बालिकाको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर १ कटबेरुवा निवासी१४ वर्षीया सुस्मिता रोकाको मृत्यु भएको हो । उनलाई परिवारले बुधबार विहान ओछ्यानमै मृत अबस्थामा फेला पारेका थिए ।

त्यसपछि अस्पताल लग्दा चिकित्सकले सर्पको टोकाईबाट मृत्यु भएको भनि पहिचान गरेका थिए ।


उनलाई घरमा सुतिरहेको अबस्थामा मंगलबार राति सर्पले टोकेका् हुन सक्ने अनुमान गरिएको छ ।