
सल्यान, १२ असोज ।
रुकुम पश्चिमबाट दाङतर्फ आउँदै गरेको फोर्स गाडी आज बिहानै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार बिहान चार बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिक भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २ जना महिला रहेका छन् भने एक जना पुरुष रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
रुकुम पश्चिमको बाफिकोटबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिक दुर्घटना भएको हो । दुर्घटनामा अर्का एक जना गम्भिर घाइते भएको उहाँले बताउनुभयो ।
गाडी करिब ३ सयमिटर तल खसेको छ । घाइतेको उद्धार गरी राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।



लाइभदाङ । १२ आश्विन २०८२, आईतवार ०७:२३ बजे