दाङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत
तुलसीपुर,१२ फागुन । दाङ जिल्ला स्तरीय १३ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताशुक्रबार देखि सुरु भएको छ । दाङ जिल्ला खेलकूद बिकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा संचालित प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य सदस्य धन बहादुर मास्कीले गरेका हुन् ।

त्यस अवसरमा मास्किले दाङमा भौगोलिक हिसाबले पनि खेल क्षेत्रकालािग उत्तम भएको भन्दै नीतिगत रुपमा खेलकुदको गन्तव्यका रुपमा बिकास गर्न लाग्ने बताए । खेलकुदको गन्तव्य बन्न खेल पूर्वाधार पहिलो आधार रहेको भन्दै यसलाई प्रदेशस्तरबाट यसको हल गर्ने बताए । मुलुकको समृद्धिकालागि खेलकूद अपरिहार्य रहेको समेत उनले बताए । त्यसैले पनि जिल्लाबाट अन्तराष्ट्रिय स्तरमै खेल्न सक्ने खेलाडी उत्पादन गर्न सबै लाग्नु पर्ने समेत बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकूद परिषद सदस्य सचिव जय प्रकाश भट्टराईले स्थानीय तहले ग्रामिण स्तरबाटै खेल विकासको स्पष्ट खाका कारे खेलकुदको बिकासले गति लिने बताए । स्थानीय तहको अहिलेको खेल औपचारिकता निभाउनकालागि मात्रै रहेको भन्दै अब स्थानीय तहमा खेलकुद बिकासको स्पष्ट नीति निर्देशिका बन्नु पर्ने बताए ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका दाङका उपाध्यक्ष कल्पना चौधरी, बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री, जिल्ला खेलकुद बिकास समितिका पूर्वध्यक्ष डिल्ली बहादुर डाँगीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला सदस्य नोखी रावतले स्वागत गरेको कार्यक्रमको संहजीकरण कोषाध्यक्ष ध्रुब आचार्यले गरेका थिए ।


तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लामा रहेका १० पालिका स्तरका रनिङ शिल्डमा प्रथम, दोस्रो स्थान हाँसिल गरेका सामुदायिक तथा निजि बिद्यालयका छात्र, छात्रा बीच प्रतिस्पर्धा हुनेछ ।
यसैबिच आज सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक तर्फ १०० मिटर छात्र जनप्रीय बोर्डिङ स्कुलका सुजल डागी प्रथम,अमृत बिद्या मन्दिरका अनिश खड्का दोस्रो र नेपाल पुलिस स्कुल घोराहिका अनिश चौधरी तृतिय भए ।

त्यस्तै छात्रा तर्फ गोरक्षरत्न माबी घोराहिका गरिमा चौधरि प्रथम,नेपाल पुलिस स्कुल घोराहिका कबिता गौतम दोस्रो र माबी तुलसिपुर सेन्टरका रितु राना तृरिय भए । त्यसैगरी २०० मिटर छात्र दौड तर्फ जनप्रीय बोर्डिङ स्कुलका सुजल डागी प्रथम,गोरखा माबी घोराहिका अजित चौधरी दोस्रो र नेपाल पुलिसका अनिश चौधरी तृतिय भए ।त्यस्तै छात्रा तर्फ आदर्श माबी देउपुरकी निरमाया चौधरी प्रथम,गोरक्षरत्न माबी घोराहिका गरिमा चौधरि गरिमा चौधरी दोस्रो र गोरखा माबी तुलसिपुरकी धवनी नेपाली तृतिय भए ।

त्यस्तै १५०० मिटर छात्र सृजना बाल्बाटिकाका सन्तोष चौधरी प्रम्थम,ज्ञानसिन्दु घोराहिका सुमन बुढा दोस्रो र जनकल्याण माबी सिमसुन्दरपुरका कमल कठायत तृतिय भए । त्यस्तै छात्रा तर्फ गोरखा माबी तुलसिपुरका मोतिकला डागी प्रथम,गोरखा घोराहिका सिमा झाक्री दोस्रो र माबी पदमपुरकी अन्जु वलि तृतिय भए । एण्ड फिल्ड ईभेन्ट्स सटपट छात्र तर्फ जनश्रम माबी खाद्रेका सुनिल खड्का प्रथम,रोजि वर्डस लमहिका भिमेश्वर चौधरी दोस्रो, र नेपाल राष्ट्रिय माबिका नवीन केसि तृतिय भए ।

त्यस्तै छात्रा तर्फ बिपि माबी बयालेका आरती राना प्रथम,सिद्ध पृथ्वी माबी श्रीगाउका माया घर्ती दोस्रो र ग्रेट अरनिको माबी तुलसिपुरका सिन्दु चन्द तृतिय भएको प्रतियोगिता सचिवालय सदस्य टेवल टेनिसका सहायक प्रशिक्षक बालकृष्ण शाहले जानकारी दिनु भएकोछ ।
प्रतियोगिता अन्तरगत भोलि सनिवार एथलेटिक्स, भलिबल, कबडी,कराते र तेक्वान्दो खेलहरु हुनेछन् । खेल बिहान साढे सात बजे बाट सुरु हुने आयोजक दाङ जिल्ला खेलकुद बिकास समितीले जानकारी दिएको छ ।