चलचित्रनै पर्यटन प्रबद्र्धनको शसक्त माध्यम होः नायक उप्रेती

दाङ, २० जेठ । नेपाली चलचत्रिका नायक निखिल उप्रेतीले चलचित्र नै पर्यटन प्रबद्र्धनको शसक्त माध्याम रहेको बताएका छन् । चलचित्र पत्रकार संघ दाङले दाङ पर्यटकीय क्षेत्र शान्तिनगर ३ सुकेकोटमा आयोजना गरेको ‘पर्यटन प्रबद्र्धनकालागि चलचित्र बहस’ कार्यक्रमा उहाँले यस्तो बताए ।“पर्यटन प्रबद्र्धनकालागि चलचित्र नै सबै भन्दा उत्तम र सबैको पहुँच पुग्ने माध्यम हो”,उनले भने ।

त्यसैले पनि कुनै ठाउँ ठाउँको पर्यटनको विकास गर्नकालागि चलचित्र छायांकन हुनुपर्ने उहाँको तर्क थियो । नेपालमा धेरै राम्रा–राम्रा ठाउँमा चलचित्र छायांकन गर्न सकिने भएपनि निर्माताहरुको त्यतातर्फ ध्यान जान नसकेको उनले स्वीकार गरे ।“दाङमै पनि फिल्म छायांकनकालागि राम्रा–राम्रा ठाउँछन्”,उनले भने“तर,अहिलेसम्म पनि त्यस्ता ठाउँमा फिल्म छायांकन गर्न सकिएको छैन ।” नेपालको पहिचान, कला, संस्कृति, सभ्यतालाई चलचित्र मार्फत विश्वसामु चिनाउन सकेमा त्यसले पर्यटकको पनि बृद्धि गर्ने उनको भनाई छ । उनले दाङ जिल्लामा कुन–कुन ठाउँमा चलचित्र छायांकन गर्न सकिन्छ, भनेर डकुमेन्ट्रि समेत निर्माण नहुँदा पनि छायांकनकालागि समस्या हुने गरेको बताए ।

त्यस अवसरमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आफ्नो पालिकामा पर्यटकीय हिसाबले सुकेकोट, छहरा, हारीचारलगायतका क्षेत्रमा चलचित्र छायांकन गर्न सकिने स्थान रहेकाले ति क्षेत्रको प्रचारकालागि पालिकाले पहल लिइरहेको बताए ।
। कुनै पनि भूगोलको वास्तविकताबारे जानकारीसँगै त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सबैभन्दा उपयुक्त माध्यम चलचित्र भएको नायक निखिल उप्रेतीले बताए ।


कार्यक्रममा संस्कृतिविद डा. गोविन्द आचार्यले सरकारले पनि आफ्ना गन्तब्यहरुको प्रचार नसक्दा पनि ति क्षेत्र ओझेलमा पर्ने गरेको बताए । चलचित्र छायांकनकालागि निर्माताहरु काठमाडौं भन्दा बाहिर आउन नसकेको बताउनुभयो । कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले सबै पालिकाहरुले आ–आफ्नो ठाउँको प्रचार गर्नुपर्ने बताए ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष प्रेमा केसी बुढाथोकी, पर्यटन विकास केन्द्र दाङका उपाध्यक्ष डा. लोकराज पराजुली, पत्रकार शरद रेग्मीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । शान्तिनगर–३ का अध्यक्ष मीनबहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार विमल गौतम र धु्रवराज न्यौपानले गरेका थिए ।

शान्तिनगर ३ सुइकोट पश्मिम दाङको शक्तिपिठका रुपमा प्रसिद्ध छ । उक्त मन्दिरमा नवदुर्गाको अस्टमिको दिन बलि चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक जनबिश्वास समेत रहेको छ । सोही सुन्दरादेवी भगवती मन्दिरमा नवदुर्गामा मेला लाग्ने र भक्तजनको गुईचो लाग्ने गर्दछ ।