मावि दोघरे ५० बर्षमा

तुलसीपुर, २९ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.९ स्थित माध्यामिक विद्यालय दोघरेले स्वर्ण महोत्सव मनाएको छ । मंगलबार एक कार्यक्रम गरि बिद्यालय स्थापना भएको ५० बर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव मनाएको हो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि लुम्निबी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफू पनि सामुदायिक विद्यालयमै अध्ययन गरेको भन्दै सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण समान हुनुपर्ने बताए। सामुदायिक विद्यालयहरु पनि अब्बल रहेको भन्दै सामुदायिक विद्यालयमा पढेर अंगे्रजी जान्दैन भन्ने भ्रमलाई चिर्नुपर्ने बताए।

कार्यक्रममा राष्ट्रियसभाका पूर्व सदस्य कोमल वलीले विद्यालयको स्तर सुधार गर्न शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका हुने बताईन। अब विद्यार्थीहरुको मनोविज्ञान बुझेर पढाउनु पर्ने समेत बताइन् ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारी, एनप्यापसन दाङका पूर्वअध्यक्ष मधेसुदन केसी, विद्यालय व्यवस्थापन समितिका पूर्वध्यक्ष मुक्तिप्रसाद न्यौपाने, सदस्य ओज बहादुर खड्का, त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, बबइ गाउँपालिका शिक्षा महासंघका संयोजक मान बहादुर बस्नेत, सामुदायिक विद्यायको तर्फबाट ज्ञान ज्योति प्राविका प्रधानाध्यापक मेघराज घिमिरे, तुलसीपुर, ८ का वडाअध्यक्ष धर्मराज वली, कक्षा ९ की छात्रा संगिता केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक सुनिता यादवले विद्यालयको अबस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन । सोही क्रममा हाल विद्यालयमा ५ सय ६० विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिईन् । विद्यालयले स्वर्ण जयन्तीको अवसरमा स्मारिका बिमोचन गरेको छ । स्वर्ण जयन्तीको अवसरमा विद्यालयलले दानदाता तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ब्यक्तीहरुलाई सम्मान समेत गरेको थियो ।

सहायक प्रधानाध्यापक घनश्याम आचार्यले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण विद्याजयका सूचना अधिकारी मेघराज पोखरेलले गरेका थिए । उक्त विद्यालय २०३१ सालमा स्थापना भएको हो ।