पुल बन्न थालेपछि स्थानीय खुसी

दाङ, २२ माघ ।
दाङको बबई गाउँपालिका वडा नं.२ सितापुरमा झोलुंगे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की (राजेश) ले ४६ लाख बजेट विनियोजन गरेपछि सोही स्थानमा पुल निर्माण सुरु भएको हो ।

उक्त पुलको आईतबार अर्थमन्त्री मास्कीले सिलन्यास गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले समयमै पुल निर्माण पूरा गर्न निर्देशन दिए । सोही ठाउँमा आवतजावतमा निकै समस्या हुने गरेको भन्दै त्यो समस्या समाधानकालागि आफूले बजेट बिनियोजन गरेर काम अघि बढाएको बताए । वर्षादमा वारपार गर्न नसक्दा विद्यार्थीहरु समेत पढाईबाट बञ्चित हुनुपर्ने अबस्था थियो । विरामी पर्दा पनि वारपार गर्न सकिने अबस्था थिएन । पुल निर्माण भएपछि त्यो समस्या हल हुने मन्त्री मास्कीले बताए ।


घुरिनडाँडा–ठुलचौर जोड्ने गरि झुलुङ्गे पुल निर्माण सुरु भएको हो । ठूलाचौरमा करिब २० घर छन् । त्यहाँका मात्रै करिब ३०/३५ जना विद्यार्थीहरु नियमित विद्यालय जाने गरेका छन् । पुल निर्माण भएपछि आफूहरु खुसी भएको स्थानीय लिला विकले बताए ।