विगत ३ महिनाबाट सडकमा रात बिताउने न्यौपानेको उदार

निरला अर्याल
तुलसीपुर, १५ जेठ ।
तुलसीपुरबाट सडक आश्रित मानवको उद्दार गरिएको छ । शनिबार राति तुलसीपुर पातुखोला किनाराबाट एक पुरुषको उदार गरिएको हो ।

मानव सेवा आश्रम तुलसीपुरको अगुवाइमा प्रहरी, नागरिक समाज, अधिकारकर्मी, कर्मचारी, पत्रकार लगायतको टोलीले उदार गरेको हो । सल्यान दमाचौर घर बताउने अन्दाजी ५० वर्षका घनश्याम न्यौपानेलाई तुलसीपुरको पातु खोला किनाराबाट उदार गरिएको हो ।

विगत ३ महिनाबाट खोलाको किनारमा बास बस्नु भएको घन्यौपानेले घरमा आमा, भाई, दुई छोरी र एक छोरा भएको बताउनु भएको छ । भने श्रीमती अरूको घरमा काम गर्दै आफ्नो जीविकोपार्जन गरेको बताउनु भयो । म दिनभरि अरूको काम गर्न जान्छु उनले भने दिएको पैसाले खाना खान्छु तर सुत्न यहि किनारा मा आउँछु मलिन स्वर मा भने । मानसिक रूपमा समेत असन्तुलन रहेको उनले नेपाली र अङ्ग्रेजी अक्षर राम्रोसंग पढेर समेत सुनाए ।


मानव सेवा आश्रमले जुनसुकै समयमा सडक पेटीमा रात बिताउने हरुको उदार गरेपनि शनिबार भने विशेष उदार अभियान सञ्चालन हुने गरेको आश्रमका संयोजक हिरु जोशीले बताउनु भयो । देशका १९ ओटै शाखाहरुबाट शनिबार विशेष उदार अभियान एकै समयमा हुने गरेको समेत जानकारी दिनु भयो ।

विविध कारणले खुल्ला आकशमुनि रात बिताउनेहरुको लागि उदार गर्न जुनसुकै समयमा जानकारी गराउन जोशीले अपील गर्नु भएको छ । अहिले आश्रममा २३ महिला ३३ पुरुष र ३ नाबालक सिसु गरी ५९ जना रहेका छन् । मुठी मुठ्ठीको सहयोगले धेरै पुण्य काम भएको हुनाले सहयोगी हातले साथ दिन प्रमुख जोशीले सम्पूर्णमा आग्रह गर्नु भएको छ ।