मावि साैडियारकाे ५० औ बार्षिक उत्सव तथा स्वर्ण जयन्ति

दाङ, १  फागुन। माध्यमिक बिद्यालय साैडियारकाे ५० औ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती आज मंगलबार विशेष समाराेहका विच मनाईएकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशान दाजु भट्टराईकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीकाे प्रमुख आतिथ्यता एव लुम्बिनी प्रदेश सभा सदस्य प्रचण्ड बिक्रम न्यौपाने गुन्टु र दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीकाे बिशिस्ट आतिथ्यमा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर कायम राख्नमा ध्यान दिन आग्रह गर्नु भयो । शैक्षिक क्षेत्रको बिकास बिना मुलुकको बिकास सम्भब नरहेको चर्चा गर्दै बिद्यालयमा बिद्यार्थी संख्या बढाउन सुझाव दिनु भयो । बिद्यालयमा भौतिक पुर्बाधारका लागि बजेट दिने आस्वस्त पार्दै बिद्यार्थी संख्या बढाउने गरि शैक्षिक प्रतिबद्धता प्रदेश सरकारले खोजेको उहाँले बताउनु भयो ।

बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लाेक बहादुर कुवरकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङमा सल्लाहकार तथा घाेराही बनाउ अभियानमा संयाेजक सविन प्रियासन,नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति भिमप्रकाश खड्का, घोराही ७ का वडा अध्यक्ष खाेपिराम चाैधरी,नेपाली कांग्रेसका वडा सभापति कर्णबहादुर बुढाथाेकी,रात्रि प्रावि शुक्रवारका प्रधानाध्यापक सुशिला पाैडेल, सम्मानित हुनु हुनेका तर्फबाट शिक्षक दामोदर पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।


साे अवसरमा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गाैतमले विद्यालयकाे आर्थिक,शैक्षिक तथा अन्य प्रगति समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा उत्कृष्ट शिक्षककाे रूपमा सीता डिसी,दामाेदर पाण्डे एवं अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकहरूलाई सम्मानित गरिएकाे थियाे । यस्तै विद्यालयमा गत बर्ष अक्षयकाेष स्थापना गर्ने कर्ण बहादुर बुढाथोकी,सेनराज शाह,नेत्रलाल उपाध्यायलाई सम्मान गरिएको छ । कार्यक्रममा बि.ब्य.स.का पुर्व अध्यक्ष ,बि.ब्य.स. सदस्य ,पुर्व शिक्षकहरु ,पुर्व कर्मचारीहरु,समाजसेवि,सहयाेगि संस्थाहरु, बिद्यालयहरु, उत्कृष्ट अभिभावक ,उत्कृट बिद्यार्थिहरुलाई समेत सम्मान गरियाे ।

बार्षिक उत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न नृत्य,गित,विज्ञान कला प्रदर्शन गरिनुका साथै साे अवसरमा नेपाल रेडक्रस साेशाईटी जिल्ला शाखा दाङकाे प्राबिधिक सहयाेगमा रक्तदान,स्वास्थ्य चाैकी साैडियार र हेल्थ फाउण्डेशन नेपालकाे सहयाेगमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिएकाे थियाे ।

कार्यक्रममा विद्यालयका शिक्षिकाहरूले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियाे भने कार्यक्रमकाे सञ्चालन शिक्षक सुजिता चाैधरी र विष्णुराज चाैधरीले गर्नुभएको थियाे ।