
दाङ, २२ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको झगडामा गम्भीर घाइते भएका बालकको मत्यु भएको छ ।
नेपालगञ्ज स्थित नर्सिङ होममा उपचारको क्रममा गम्भीर घाइते भएका रुकुम बाँफिकोट गाउँपालिका घर भई हाल तुलसीपुर–८ दूधेना बस्दै आएका १४ बर्षीय बर्षीय विराज गिरीको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा विहीबार विहान ३ बजेतिर मृत्यु भएको इलका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाले जानकारी जानकारी दिए । गिरी र बेलुवा निवासी १५ बर्षीय यज्ञ वलीबीच विवाद पछि झगडा हुँदा गम्भीर घाइते भएका थिए ।
उनको टाउकोमा गहिरो चोट लागेको थियो । वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लाइभदाङ । २३ जेष्ठ २०८२, बिहीबार ०८:१३ बजे