दाङमा साईकल रेशको ‘क्रेज’

दाङ, १ साउन ।
दाङमा साईकल रेशको ‘क्रेज’ बढेको छ । कुनै समय एकलरूपमा साईकल रेश गर्नेहरू अहिले सामूहिक रूपमा साइकल रेश गर्ने गरेका छन् । तुलसीपुर साइकल क्लव गठन गरेर सक्रिय रूपमा साइकल रेशमा लागेका छन् । सोही क्लवमा हाल तुलसीपुरका ४५ जना युवाहरू सहभागि छन् ।

दाङमा साईकल रेशका विभिन्न खेलहरू स्थापित गर्नुका साथै जलवायू परिवर्तन अनुकुलन गराउने अभियानमा लागेका क्लवका कोषाध्यक्ष बिमल पौडेलले बताए । “अहिले हामी दाङमा ४५ जना साईकल रेश खेललाई स्थापित गर्ने योजनामा छौं” उनले भने “यसमा दाङका स्थानीय तहहरूले पनि सहयोग गर्नुपर्छ ।”


प्रत्येक वर्ष उनीहरूले टाढाको यात्रा गर्ने गर्छन् । यस वर्ष शनिबार तुलसीपुर हुँदै शान्तिनगरको खैरेनी, जुम्लेकुला हुँदै पुनः तुलसीपुर आएका थिए । साईकल रेशबाटै दाङका सबै पर्यटकीय गन्तब्यमा समेत पुग्ने गरेका छन् । त्यस्तै बाहिरी जिल्ला पनि जाने गरेको उनले बताए । “साईकल रेशले दाङका पर्यटकीय स्थलको विकास हुन्छ”, बिहान साइकलमा हिड्दा स्वास्थ्यलाई पनि फाइदा हुन्छ ।”

साईकल रेश अन्तर्गत विभिन्न खेलहरूलाई सरकारले मान्यता दिएको छ । तर ति खेलहरू दाङमा स्थापित हुन सकिरहेको अवस्था छैन् । त्यसैले यी विभिन्न खेलहरूलाई दाङमा स्थापित गर्ने करामा यसले भूमिका खेल्ने तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताईन् । साईकल रेश स्वास्थ्यलाई पनि फाईदा हुन्छ, भने वातावरणीय हिसाबले पनि उत्तम मानिन्छ, त्यसैले पछिल्लो समय साइकल चढ्नेको संख्या बढिरहेको छ । साभारः अग्रिम साप्ताहिक