कालाखोला उकालोमा बस दुर्घटना हुँदा तीन जना घाईत

तुलसीपुर, २६ साउन । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर ७ कालाखोला उकालोमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबार साँझ ८ बजेतिर घोराहीबाट तुलसीपपुर तर्फ आउदै गरेको रा १ ख ११०० नम्बर बस दुर्घटनामा परेको हो ।


टिप्परलाई ओभरट्याग गर्ने क्रममा अनियन्त्रित भई पल्टिदा घोराही घोराही उपमहानगरपालिका १० निवासी भुप प्रसाद शर्माको छोरी ५ बर्षीया स्वस्तिका शर्मा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी सहायक हवलदार सरिता कवर(गर्भवती) र तुलसीपुर उपमहानगरपालिका ७ निवासी १७ बर्षीय अजय घिमिरे घाइते भएका छन् ।

घाईते मध्ये शर्मालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि नेपालगञ्ज लगिएको छ । उनको दुबै खुट्टामा चोट लागेको छ । अन्य घाइतेको अबस्था भने सामान्य रहेको छ । गाडीमा करिब ३५ जना यात्रु थिए ।