नेपाली काङ्ग्रेस तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ९ को कार्यालय भवन सिलान्यास

टेकराज भण्डारी
दाङ,२५ असार ।
नेपाली काङ्ग्रेस तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ९ को कार्यालय भवन एक कार्यक्रमका विच सिलान्यास गरिएको छ । नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले एक कार्यक्रमका विच भवनको सिलान्यास गर्नुभएको हाे ।

नेपाली काङ्ग्रेसको १४औ अधिवेसनमा वोलेका कुराहरु पूरा गर्ने अभियानमा लागेको हमालले बताउनु भयो । पार्टिको तुलसीपुर नगर कार्यालयकाे भवन निर्माण सम्पन्न गरि १९ वटै वडाका कार्यलयहरु निर्माण गर्ने अभियानमा लागेको हमालले बताउनु भयो । वडा नम्बर ९ को कार्यालय भवन निर्माणमा नगर सभापती सुरेश हमालले रु ५१,०००।- (एकाउन्न हजार रुपैया ) र एक ट्रीप्पर गिट्टि समेत सहयोग गर्नुभएको छ ।


वडा सभापती डम्वर पुरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा महाधिवेसन प्रतिनिधि एवम वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकाल, प्रदेश प्रतिनिधि मुक्ती प्रशाद न्यौपाने लगाएतका नेतागणहरुकाे उपस्थिती रहेको थियो ।