आजाद खड्का माओवादी केन्द्रमा समाहित

तुलसीपुर,१२ फागुन । समाजवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष आजाद खड्का माओवादी केन्द्रमा समाहित भएका छन् ।

यस अघि एकीकृत समाजवादी पार्टीका राष्ट्रिय परिषद सदस्य खड्कालाई शनिबार माओवादी केन्द्रमा स्वागत गरिएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले तुलसीपुर ५ निवासी खड्कालाई पार्टीमा स्वागत गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले नेतृत्व जनतामुखी हुँदा पार्टीमा आकर्षण बढ्ने अनुभव सुनाए । राजनीति जनताकै जीवनस्तर सुधारकालागि गरिने भन्दै निर्वाचन जितेपछि पनि जनताकै बीचमा जानुपर्ने उनको भनाई छ ।

त्यस अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, पार्टीका तुलसीपुर नगर इन्चार्ज प्रेमराज वली, पार्टीका वातावरण विभागका सदस्य डिल्ली रावत, प्रदेश कमिटि सदस्य चित्रबहादुर खड्कालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरीले गरेका थिए ।


यसैबीच शनिबार बबई ६ सुनपुर छाउनीमा ५० जनाले माओवादी केन्द्रमा प्रवेश गरेका थिए, भने बबई गाउँपालिका ५ पूर्वहापुरे निवासी एमालेका क्रियासिल सदस्य गोपाल गन्दर्भ पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अर्थमन्त्री मास्कीले स्वागत गरेका थिए ।

May be an image of 13 people and people smiling

May be an image of 3 people, motorcycle and treeMay be an image of 4 people