तुलसीपुर नगर जेसीजद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

तुलसीपुर, ३ कार्तिक ।
तुलसिपुर नगर जेसीज वर्ष २०२३ ले वडा दशै, शुभ दिपावली तथा छठ पर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

तुलसीपुर नगर जेसीजका पुर्व अध्यक्ष झरेन्द्र कुमार खरेलको प्रमुख अथिती कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम पुर्व अध्यक्षहरू सुर्य प्रसाद शर्मा , बिमल पौडेल , मोहन स्वर्णकार, नेत्र लाल भट्टराई , केशवराज केसीले वडा दशै, शुभ दिपावली तथा छठ पर्व २०८० को शुभकामना दिएका थिए ।

सालिक राम वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण तुलसीपुर नगर जेसीजका महासचिव सन्दिप भुसालले गरेका थिए ।