लुम्बिनीमा विनियोजन विद्येयक पारीत

दीपक बोहरा
दाङ,१९ असार ।
लुम्बिनी प्रदेशसभाले विनियोजन विद्येयक पारीत गरेको छ । मंगलबार बसेको बैठकले आगामी आर्थिक बर्ष २०८०/०८१ को सेवा र कार्यकालागि प्रदेश सञ्चिति कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विद्येयक पारीत भएको हो ।

अर्थ मन्त्री धनबहादुर मास्कीले विद्येयक माथि छलफल गरियोस् भनि प्रस्ताब राखेका थिए । तर, प्रतिपक्षको विरोधले छलफल भने भएन । छलफल नभएपछि सभामुखले निणरयार्थ पेश गरेको विद्येयकलाई बहुमतले पास गरेको हो ।


प्रदेशसभामा एमाले सांसदहरुले खारेज भएका निर्देशनालयहरुलाई फिर्ताको माग गर्दै सुरुदेखि नै आन्दोलन गरिरहेका छन् । दिउसो साढे १ बजेदेखि सुरु भएको बैठक  एमाले सांसदहरुको अबरोधका कारण १ घण्टा स्थगित भएको छ ।