यी हुन्, तुलसीपुरमा जीप दुर्घटनाबाट घाइते हुनेहरु

तस्वीर : दोर्ण आचार्य

तुलसीपुर,२६मंसिर । दाङमा जीप दुर्घटनामा परि घाइते भएका १० जनालाई थप उपचारकालागि कोहलपुर रेफर गरिएको छ । तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ज ४३८ नम्वरको जिप तुलसीपुर ३ सिरखोलामा दुर्घटना हुँदा गम्भीर घाइते भएका १० जनालाई उपचारकालागि रेफर गरिएको हो ।

प्रहरीका अनुसार कपुरकोट गाउँपालिका ३ निवासी ४५ बर्षीया देवा चापागाई, २७ वर्षीय भुप बहादुर थापा, २२ बर्षीय धर्म थापा,सोही गाउँपालिका ४ किमिरेचौर बस्ने ३६ वर्षीय डम्बर बहादुर बुढाथोकी, सोहि गाउँपालिका १ बस्ने आरती पुन,१९ वर्षीया रमिता बस्नेत , अनिता पुन, दिल बहादुर बुढा, कर्ण बहादुर खड्का, चन्द्र बहादुर खड्का, डम्वर बुढाथोकीलाई रफर गरिएको हो ।

साथै दुर्घटनामा परी कपुरकोट गाउँपालिका ४ धनबाङ बस्ने २२ वर्षीया लक्ष्मी बुढा,५ वर्षीय दिपेश थापा,कमला थापा लगायतका रहेका छन् । घाईते भएका मध्ये दुई जना किसोर बस्नेत र विश्वास बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि डिस्चार्ज भएको छ । जिप चालक भने फरार रहेका छन् ।


दुर्घटनामा परी तिन जनाको मृत्यु भएको छ । आईतवार अपरान्ह ४ बजेतिर दुर्घटना हुँदा सल्यान कपुरकोट गाउँपालिका ३ बस्ने ४८ बर्षीय प्रेम प्रकाश शर्मा, कपुरकोट ४ बस्ने ४६ बर्षीया सौनी घर्ती, र २५ बर्षिया लालमती खड्का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।