दाङमा किट मार्फत लागुऔषधी परीक्षण

तुलसीपुर, ६ जेठ ।
दाङमा प्रहरीले कीट मार्फत लागुऔषध परीक्षण गर्न थालेको छ । सवारी चलाउँदा चालकहरुले लागु औषध प्रयोग गरेको वा नगरेको भनि कीट मार्फत जाँच गर्न थालिएको छ ।

यसअघि ट्राफिक प्रहरी संग ब्रथलाईजरबाट जाँच गर्ने गरेको थियो । सोमबार तुलसीपुरमा १० जना चालकहरुलाई किटको माध्यामबाट परीक्षण गरिएको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश मल्लले बताउनुभयो ।“हामीले किटबाट लागुऔषध परीक्षण सुरु गरेका छौं”,उहाँले भन्नुभयो“जसले गर्दा निकै सहज हुन थालेको छ ।”


दुर्घटना न्यूनिकरण गर्न ट्राफिले बिभिन्न योजनाहरु अघि सार्ने गरेको छ । जिल्लाका विभिन्न ठाउँहरूमा डिजिटल बोर्डको स्थापना देखि प्रहरीले ट्राफिक चेकिङका समेत कडाइ गरेको छ ।

क्षमता भन्दा बढी यात्रु वा मालसामान बोक्ने, तिब्र गतिमा सवारी साधन चलाउने र प्रयोजन विपरीत प्रयोग गरिएका सवारी साधनलाई निगरानी बढाएको जिल्ला ट्राफिक प्रमुख मल्लले बताउनुभयो ।