प्रविधिको प्रयोग गरि माछा पालन गर्ने शिक्षक घर्ती

सागर रोका
दाङ,१९ असोज । तुलसीपुर उपमहानगरपालिका १७ निवासी पेशाले राम कुमार घर्ती शिक्षक हुनुहुन्छ । उहाले दिपेन्द्र मा।वि मानपुरमा कक्षा १० सम्म अंग्रेजी विषय पढाउँदै आउनु भएको छ् । उहाले शिक्षक पेशासँगै आफ्नै दाङ जिल्ला तुलसीपुरमा १७ मा रहेर पहिलो पटक आधुनिक प्रविधि बायोफ्लकबाट माछा पालन शुरु गर्न लाग्नु भएको छन् । गत चैत महिनादेखि सुरु गरिएको यो माछा पालन करिब २० लाखको लागतमा यो व्यवसाय गरेको उहाँको भनाइ छ् ।

उहाँकै घरमै रहेको करिब एक कठ्ठा जग्गामा यो प्रविधि बायोफ्लक बाट यो व्यबसाय गरिएको उहाले बताउनु भयो । यो आधुनिक प्रविधि बायोफ्लक इरान, इराक, इन्डोनेसिया हुँदै भारत लगाएत नेपालमा आइपुगेको हो । नेपालमा काठमाडौँ, चितवन, बुटवलमा केही वर्ष पहिलेदेखि यो प्रविधिबाट माछा पालन शुरु भएयता पनि जिल्लामा केही समयदेखि शुरु भएको उनले बताए । उनले शिक्षण पेसासँगै यो माछा पालन व्यवसायलाई सहायक पेशामा रुपमा अगाडि बढाउन खोजेको बताए ।

। उहाँले आफूले सामाजिक सञ्जालमा यो प्रविधिबाट माछा पालेको देखेपछि आफ्नै दाङ जिल्ला मै नयाँ तरिकाले यो व्यवसाय शुरु गरेको बताउनु भयो । उहाँले भन्नु हुन्छ अहिले सबैले बाख्रा पालन भैँसी पालन गर्दै आएका छन् । तर, आफ्नो ठाउँमा माछा पालन कमै मात्रा रहेकाले नयाँ प्रविधि बायोफ्लक बाट उहाले यो व्यबसाय संचालन गर्न लागेको उहाको भनाइ छ् ।

भने आफ्नो ठाउँमा नयाँ काम शुरु गरौँ, भन्ने मनमा लागेपछि शुरु गरेको हु । युवाहरूले आफ्नै ठाउँमा केही गर्न सकिन्छ, भनेर सन्देश दिन पनि खोजेको छु । उहाको अनुसार अहिले ५ वटा पोखरीहरू रहका छन्, ति पोखरीमा कमन कार्प र पंगासेरेस जातका माछा रु,१६ सयको दरले करिब ८ हजार माछाहरू पोखरीमा रहेको छन् ।

यि माछाहरू आधा किलो देखि एक किलो सम्म भएमा बिक्री गर्न मिल्ने र यो पोखरीमा करिब १ वर्षमा पटक सम्म माछा उत्पादन गर्न सकिने समेत उहाको भनाइ रहेको छ् । उहाले ६ वटा पोखरीहरू निर्माण गर्नु भएको छ, भने ५ वटा पोखरीमा माछा हालेको उहाले बताउनु हुन्छ । एउटा पोखरीमा बिरामी माछाहरुलाई उपचार गर्नको लागि राखिएको उहाको भनाइ छ। उहाको अनुसार ८ हजार माछा मध्य शुरुमा करिब २ सय भन्दा धेरै माछाहरू मरेर सकिएका थिए ।


शुरुमा काम गर्दा प्राविधक समस्याका कारण माछा मरेको उहाको भनाइ छ । त्यस्तै उहाले पुस र माघमा जाडोले गर्दा माछाहरू वृद्धि नहुने भएकाले त्यो महिनामा माछा नराख्ने र अन्य समयमा माछा राख्ने समेत बताउनु भएको छ । ‘ त्यो महिनामा माछालाई तापक्रम बढाउनको लागि हिटर चलाउन सकिन्छ तर त्यो अलि धेरै खर्च हुने भएकाले त्यसैले गर्दा उहाले पुस र माघ महिना मा माछाको लागि अफ सिजन नै हो । माछालाई गर्मीमा भन्दा जाडोमा समस्या हुने गर्दछ । यो प्रविधिमा माछालाई २२ देखि ३५ डिग्री सम्म तापक्रम चाहिन्छ ।’

त्यस्तै गरेर अन्य पोखरीमा पालेका माछाहरुलाई भन्दा यो प्रविधिमा पालेका माछालाई दाना र काम लाग्ने, पानी र जमिन कम लाग्ने पनि उहाले बताउनु भयो । उनले यो प्रविधि भनेको ब्याक्टेरियाको झुण्ड भएको भन्दै उहाले माछाहरूको दिसा र माछालाई दिइएको दानाबाट एमोनिया उत्पादन गर्ने र पोखरीमा कार्वन, चुना पनि प्रयोग गर्ने भएकाले एमोनिया र कार्बनले प्रोटिन उत्पादन गर्ने भएकाले पनि दाना कम लाग्ने उहाले बताउनु भएको हो ।

त्यस्तै गरेर उहाले यो प्रविधिमा विद्युत २४ सै घण्टा हुनु पर्ने समेत बताउनु भयो । यदि लामो समय सम्म बत्ती नभए अवस्थामा इन्भर्टरको ब्यवस्थापन गरेर त्यो समस्याको पनि हल गर्न सकिने उहाको भनाइ रहेको छ । भने त्यसले पनि नपुगेको अवस्थामा जेनेटर लिइएर यो व्यबसाय गरिएको उहाँको भनाइ छ । त्यस्तै गरेर नेपाल सरकारको तथ्यांक अनुसार देशमा बाहिरबाट वार्षीय करिब साढे २ अरबको माछाहरू वर्षेनी आउने भएकाले पनि आफुले यो देशमा माछाको राम्रो बजार देखेर र पनि शुरु गरेको उहाले बताउनु भएको छ ।

यसैगरी उहाले भन्नू हुन्छ स्थानीय माछा पालक कृषकहरुले आफ्नो देशमा गरिएको व्यबसाय आफ्नै देशकै लागी केहि चिजहरु आफ्नो देश बाहिरबाट ल्याउनु भन्दा पनि आफ्नै देशमा उत्पादन सकिने उहाको भनाइ छ् । त्यस्तै गरेर आफ्नो गाउँ ठाउँमा गरिएको व्यबसाय अलि कम मात्रामा बिक्रीवितरण हुने र त्यमा पनि आफुले कम रेडमा बिक्रीवितरण गरेता पनि बीच(बीचमा बिचल्लीहरुले गर्दा धेरै महगो रेडमा अरुलाई ल्याउने गरेको उहाँको गुनासो रहेको छ् ।

नेपालमा उत्पादन गरिएको माछा भन्दा भारतबाट आउने माछाहरुको मुल्य सस्तो हुने भएकोले गर्दा आफ्नै देशको व्यबसाय फस्टाउन अलि समस्या हुने गरेको बताउनु हुन्छ,। मा।वि मानपुरका शिक्षक राम कुमार घर्तीले जानकारी दिनु भएको छ ।