अब तुलसीपुरमा निःशुल्क जापानी भाषा पढ्न पाइने

तुलसीपुर, ३० जेठ । दाङको तुलसीपुरबाट अब निःशुल्क जापानी भाषा पढ्न पाइने भएको छ । दाङको तुलसीपुरमा इजुकेशन म्याटर्स सञ्चालनमा आएको छ । जहाँ जापानीज भाषाकालागि निःशुल्क कक्षा तथा शैक्षिक परामर्श गर्न लागिएको हो ।

त्यो बाहेक युएसए, युके, न्यूजल्यान्ड, अष्ट्रेलिया, कोरिया, फ्रान्स, जर्मनी, डेनमार्ग, आईरल्यान्डको भाषा पनि पढ्न पाईन्छ । तर, ति भाषाकालागि भने रकम लाग्ने गर्छ । आईल्स/पीटीइ तयारी कक्षा सञ्चालन भइरहेकाले त्यसमा ५० प्रतिशत छुट रहेको उनले बताए । त्यस्तै ईपिएस कोरिएन भाषा पनि सञ्चालनमा रहेको छ ।


२० बर्षदेखि काठमाडौंदेखि सञ्चालित रहेको कन्सलटेन्सीले विश्वासिलो तथा भरपर्दो तरिकाले भिसा प्रोसेस तथा भिसा लन्च गर्ने गरेको सञ्चालक डम्बर बहादुर बुढाथोकीले बताए । सोही कन्सलटेन्सीले ८० प्रतिशत भिसा निकाल्न सफल भएको छ । काठमाडौं पढ्न जानेहरुकालागि केन्द्रीय कार्यालय काठमाडौंमा होस्टेलसहित आईल्स, टोफेल, एसएट फ्रि मा डुओलिंगो कक्षाको पनि ब्यबस्था रहेको छ ।

साथै बैंक ब्यालेन्स, होटल सम्बन्धि तालिम तथा ड्राइभिङ लाइसेन्सको लागि परामर्स तथा सहयोग पनि गरिने सञ्चालक केएल भण्डारीले बताए । तुलसीपुरको विपि चोकमा उक्त कन्सलटेन्सी खुलेको छ ।