डिल्ली डाँगीले दिए आफूमाथि कुटपिट भएको जाहेरी

दाङ,२७ चैत । एकीकृत समाजवादी दाङका सचिब डिल्ली डाँगीले आफूमाथि कुटपिट भएको जाहेरी दिएका छन् । पार्टी निकट युवा संघका जिल्ला अध्यक्ष जविन राणाले आफूमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङमा र जाहेरी दिएका छन् ।

शनिबार साँझ तुलसीपुरमा राणाले आफूमाथि कुटपिट गरेको भनि जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बीरबहादुर वलीले बताए । जाहेरी आएपछि राणालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।‘हामीकहाँ जाहेरी आएको छ’, वलीले भने‘हामीमाथि जाहेरी आएपछि राणालाई पक्राउ गरेका छौं, भोलि (सोमबार)छलफल गर्ने कुरा भएको छ ।’
लेनदेनको कुरा रहकाले पनि त्यसले विवाद निम्त्याएको हुन सक्ने प्रहरीले बताएको छ । प्रहरीका अनुसार जविनका वुवा जोगबहादुरले डाँगीबाट पैसा सापटी लिएको र त्यही पैसाको सन्दर्भमा विवाद निम्तिएको हुन सक्ने प्रहरीले बताएको छ । डेढलाख रुपैँया जोगबहादुरले लिएको र त्यो मध्ये ५० हजार मात्रै दिएको डाँगीले प्रहरी समक्ष बताएका छन् ।


यस अघिको स्थानीय तह निर्वाचनमा डाँगी उपप्रमुख पदको आकांक्षी थिए । जोगबहादुरलाई पार्टीले मेयर पदमा सिफारिश गरेको भएपनि भागबन्डा गर्दा एकीकृत समाजवादीलाई उपमेयर परेपछि त्यो पदमा पनि राणा नै लडेका थिए । त्यो बेलादेखि यी दुई नेताबीच खटपट भएको र साही कारण पनि विवाद उत्पन्न भएको हुन सक्ने पार्टीका नेताहरुको आँकलन छ ।