तुलसीपुरमा अटोको ठक्करबाट एक बालक घाइते

दाङ, ४ फागुन ।
तुलसीपुरमा अटोले ठक्कर दिँदा एक बालक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ दमार गाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ४७०९ नम्बरको अटोले दमार गाउँस्थित कमल परियारका १० बर्षिय छोरा किशन परियारलाई ठक्कर दिँदा घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


आज बिहान ११ः ४५ बजेको समयमा किशनले बाटो क्रस गर्ने बेलामा अटोले ठक्कर दिएको हो । टाउको र खुट्टामा चोट लागि घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहोलपुर मेडिकल कलेज बाँके रिफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।